देशका १० जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ
barnanmedia.com · Wed Nov 18 01:10:12 UTC 2026

प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । उनीहरू बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट पक्राउ परेका हुन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)