कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Wed Nov 18 01:06:01 UTC 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंसिर २ गते बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन घटेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो १ को खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)