मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एपेक सम्मेलनका लागि सेन्जेनमा सवारीसाधनको हर्नदेखि डेलिभरी ड्रोनसम्म प्रतिबन्धित

kendrabindu.com · Wed Nov 18 01:19:42 UTC 2026

काठमाडौं । विश्व नेताहरूको स्वागतको तयारीमा जुटेको चीनको प्रविधि राजधानी सेन्जेनमा यतिबेला असामान्य शान्ति छाएको छ । सवारीसाधनको हर्न बजाउन प्रतिबन्ध लगाइनुका साथै सामान पुर्‍याउने (डेलिभरी) ड्रोनहरूको उडान रोकिएको छ । त्यस्तै, स्थानीय बासिन्दालाई निजी सवारी घरमै थन्क्याउन आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको बैठक सेन्जेनका लागि एउटा ठूलो अवसर हो । बुधबारदेखि सुरु हुने यस सम्मेलनमा विश्वका २१ अर्थतन्‍त्र सहभागी हुँदैछन् । त्यसमध्ये ट्रम्प र पुटिनसहित १२ वटा अर्थतन्त्रबाट शीर्ष नेता सहभागी हुँदैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)