मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्युजिल्यान्डको वर्क भिसामा कडाइ गर्दै सरकार

annapurnapost.com · Wed Nov 18 01:08:23 UTC 2026

न्युजिल्यान्ड : न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ ।

न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको समीक्षाले विशेषगरी मान्यता प्राप्त रोजगारदाता वर्क भिसा (एक्रिडिटेड एम्प्लोयर वर्क भिसा–एईडब्लुभी) सम्बन्धी केही निर्णयमा अध्यागमन कर्मचारीबाट आवेदकको वास्तविक मनसाय र भिसा अवधि सकिएपछि देश छाड्ने सम्भावनाबारे पर्याप्त मूल्यांकन नभएको देखिएपछि सरकारले थप जाँच गरेर मात्र भिसा जारी गर्न कर्मचारीलाई निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)