मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘सुशासनकै माध्यमबाट राजस्व लक्ष्य हासिल गर्छौं’

gorkhapatraonline.com · Wed Nov 18 01:29:12 UTC 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनकै माध्यमबाट राजस्वको लक्ष्य पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले मङ्गलबार आयोजना गरेको कार्यक्रममा उहाँले राजस्व सङ्कलनको लक्ष्य महत्वाकाङ्क्षी भए पनि त्यसलाई सुशासन कायम गरेरै पूरा गरिने बताउनुभएको हो । “यस वर्ष राजस्व सङ्कलनको लक्ष्य नै विगतभन्दा २७ प्रतिशत बढी छ,” उहाँले भन्नुभयो, “यो महत्वाकाङ्क्षी भए पनि सुशासन र सुधारका कार्यक्रममार्फत हासिल गर्न सक्छौँ ।”

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि समस्या भोग्नु परेका करदाताका लागि सरकारले ठुलो आँट गरेर ‘स्किम’ ल्याएकाले यसको फाइदा उठाउन आग्रह गर्नुभयो । सरकारले इमानदारीपूर्वक ठुलो आँट गरेर यस्तो स्किम ल्याए पनि पर्याप्त प्रचार हुन नसकेको उहाँको भनाइ थियो । “हामीमा इमान नभएसम्म सरकारले यति बोल्ड निर्णय गर्नै सक्दैन,” उहाँले भन्नुभयो, “खर्बौंको कर विवाद समाधान गर्न यो ठुलो अवसर हो ।” अहिले लगानीका लागि पर्याप्त अवसर रहेकाले यस्तो अवस्थामा पनि लगानी नगर्दा निजी क्षेत्रतर्फ पनि प्रश्न उठ्ने अर्थमन्त्री डा. वाग्लेको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)