मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको गोप्य सञ्चार सञ्जाल अवरुद्ध

ratopati.com · Wed Nov 18 01:28:55 UTC 2026

सिएनएन । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले आन्तरिक सञ्चारका लागि प्रयोग गर्दै आएको अत्यन्त गोप्य सञ्जाल ‘एनएसएनेट’ अवरुद्ध भएको छ । एनएसएनेटमार्फत एजेन्सीका कर्मचारीहरूले गोप्य सूचनाहरू आदानप्रदान गर्दै आएका छन् । सञ्जाल अवरुद्ध भएपछि एजेन्सीले कर्मचारीलाई चरणबद्ध रूपमा कार्यालय बोलाएको थियो । मंगलबार साँझ भने नियमित कार्यतालिका लागू गरिएको थियो । यद्यपि, सञ्जाल पूर्ण रूपमा पुनः सञ्चालनमा आइसकेको थिएन ।

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनका अनुसार गत महिना पत्ता लागेका सफ्टवेयरका गम्भीर सुरक्षा कमजोरी समाधान गर्न गरिएको अपडेटका कारण समस्या उत्पन्न भएको हो । वेबसाइट सञ्चालनमा व्यापक प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’मा रहेका कमजोरी समाधान गर्न सफ्टवेयर प्याच गर्दा केही प्रणाली पुनः सञ्चालन हुन नसकेको उनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)