मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य पुनः सुरु

gorkhapatraonline.com · Wed Nov 18 03:56:28 UTC 2026

पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य पुनः सुरु भएको छ । नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालयको समन्वयमा जेसीबी प्रयोग गरी हिउँ पन्छाउन थालिएको हो ।

न्यालु लेकमा कात्तिक २९ गते परेको हिमपातले सडकमा हिउँ जमाएपछि रोकिएको काम पुनः सुरु गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । इन्धनसहितको जेसीबी न्यालु लेकमा पुगेपछि हिउँ पन्छाउन थालिएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)