मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरु

nepalviews.com · Wed Nov 18 04:14:40 UTC 2026

विराटनगर । महाधिवेशनको तयारीमा जुटेको देउवा पक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मङ्गलबारदेखि विराटनगरमा सुरु भएको छ। नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरु भएको हो। अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो।

संयोजक कोइरालाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताका विषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले बिताएको बाल्यकालको सम्झना गरे। उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पुऱ्याउन सकिने बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)