जथाभावी एन्टिबायोटिक प्रयोगले जीवनरक्षक औषधि नै प्रभावहीन बन्दै
ratopati.com · Wed Nov 18 04:40:54 UTC 2026

काठमाडौँ । मानौँ, सामान्य रुघाखोकी वा सङ्क्रमण निको पार्न खाइने एन्टिबायोटिक औषधिले अब तपाईंको शरीरमा कहिल्यै काम गरेन भने ? यो कुनै काल्पनिक डर होइन, आज विश्वले भोगिरहेको एक गम्भीर र मौन स्वास्थ्य चुनौती हो।
यही जोखिमबाट मानवतालाई बचाउन र जीवनरक्षक औषधिको प्रभावकारिता जोगाउन विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको आह्वानमा नेपालमा पनि आजदेखि ‘विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६’ सुरु भएको छ। प्रतिजैविक औषधिको जथाभावी र अनियन्त्रित प्रयोगले निम्त्याउँदै गरेको गम्भीर जोखिम रोक्न प्रत्येक वर्ष नोभेम्बर १८ देखि २४ सम्म यो सप्ताह मनाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)