भोटेकोशी हाइड्रोपावरमा कार्यरत कर्मचारीको पानीमा डुबेर मृत्यु
bishowkhabar.com · Wed Nov 18 05:00:05 UTC 2026

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित भोटेकोशी हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–७, जुरेका दीपक पराजुली रहेका छन् । उनी भोटेकोशी हाइड्रोपावर प्रालिमा इलेक्ट्रिकल अपरेटरका रूपमा कार्यरत थिए ।
पराजुली सोमबार साँझदेखि सम्पर्कविहीन भएका थिए । उनी हराएको जानकारी हाइड्रोपावरका कर्मचारीले प्रहरीलाई गराएपछि खोजी सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)