मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात जना इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

corporatenepal.com · Wed Nov 18 05:10:49 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार सिभिल इन्जिनियरिङ समूहको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहमा कार्यरत उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको हो ।

कारबाहीमा पर्ने इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका अनुसार तीमध्ये चार जना कार्यालयमा नियमित हाजिर नभएको तथा तीन जना स्वीकृति नलिई बिदामा बसेको पाइएपछि कारबाही गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)