मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युनाइटेड इदी मर्दी हाइड्रोपावरले डाक्यो एजीएम, लाभांश पारित गर्ने

arthasansar.com · Wed Nov 18 05:17:57 UTC 2026

युनाइटेड इदी मर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २५ गतेका लागि १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ५.२६३२ प्रतिशत लाभांश पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुने छ । सभामा सञ्चालक समितिले घोषणा गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतका दरले २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)