जलविद्युत् कम्पनीको आईपीओमा कडाइ गर्ने सरकारको तयारी, ५० प्रतिशत काम सकिएपछि मात्रै सेयर निष्कासन गर्न पाइने
bishowkhabar.com · Wed Nov 18 05:21:45 UTC 2026

काठमाडौं – जलविद्युत् आयोजनाले कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेपछि मात्रै सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था गर्ने तयारी सरकारले गरेको छ । निर्माणाधीन जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रियालाई थप व्यवस्थित र लगानीकर्ताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।
सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को मस्यौदामा धितोपत्र ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान समावेश गर्न प्रस्ताव गरिएको छ । यद्यपि यो अहिले मस्यौदाको चरणमा मात्रै छ । सरकारले अध्यादेशमार्फत वा विधेयक ल्याएर ऐन संशोधन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)