मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने नबिल बैंक नवौँ पटक सम्मानित

nepalsamaya.com · Wed Nov 18 05:45:21 UTC 2026

काठमाडौं- नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने बैंकका रूपमा सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत बैंकले नेपाल सरकारबाट नवौँ पटक यो सम्मान प्राप्त गरेको हो।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाइ दाखिला गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)