लक्ष्य १ अर्ब ९६ करोड, उठायो २ अर्ब ५ करोड
ratopati.com · Wed Nov 18 06:20:13 UTC 2026

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभागले कार्तिक महिनासम्म १ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएकाो थियो । तर कार्यालयले त्यो भन्दा पनि बढी २ अर्क ५ करोड संकलन गरेको हो ।
लक्ष्यको १०५ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको यस कार्यालयमा करदाताहरूको सक्रिय सहभागिताका कारण लक्ष्य भेटाउन सफल भएको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)