एन्टिबायोटिक बिक्री र प्रयोगमा कडाइ गर्दै औषधी व्यवस्था विभाग
gorkhapatraonline.com · Wed Nov 18 06:45:58 UTC 2026

औषधी व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा विभागका महानिर्देशक भरत भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिजैविक औषधीको विवेकपूर्ण प्रयोग गर्न र आफूखुसी औषधी सेवन नगर्न आग्रह गरिएको हो ।
महानिर्देशक भट्टराईले चिकित्सकले तोकेको मात्रा र अवधिसम्म मात्र औषधी सेवन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)