करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
lokaantar.com · Wed Nov 18 07:05:52 UTC 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका ५८ वर्षीय जियानहुवा वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला परेपछि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)