बुटवलका तीन करदाता सम्मानित
annapurnapost.com · Wed Nov 18 08:31:38 UTC 2026

बुटवल : आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहीले आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै आयकर बुझाउने तीनवटा करदातालाई सम्मानित गरेको छ । १५ औं राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार कार्यालयमा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सम्मानित गरेका हुन्।
२ करोड २९ लाख ३९ हजार ६ सय ७० रुपैयाँ आयकर बुझाउँदै बुटवल उपमहानगरपालिका १० मा रहेको जनउत्थान सामुदायिक वित्तिय संस्था लिमिटेड पहिलो भएको छ । दोस्रो नम्बरमा सिद्धार्थ केवलकर लिमिटेडले २ करोड २३ लाख ५५ हजार २ सय ८१ रुपैयाँ आयकर बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)