नेपाली होमस्टे र स्थानीय उत्पादन चिनाउने अवसर बन्दै कोलकाता महोत्सव
annapurnapost.com · Wed Nov 18 09:15:17 UTC 2026

नवलपुर : भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सव नेपालको ग्रामीण पर्यटन, होमस्टे (घरवास)र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अवसर वन्ने भएको छ। सो महोत्सवमा सहभागी हुन होमस्टे महासंघ नेपालले सरोकारवालाहरुलाई आव्हान समेत गरेको छ।
होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अवसरका रूपमा लिएको बताए। ‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत्पादन, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छौँ। नेपालका गाउँघरमा उत्पादन हुने वस्तु र त्यहाँको मौलिक आतिथ्य संस्कृतिलाई विदेशी पर्यटक तथा बजारसम्म पुर्याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष थारूले भने। मर्दनीया आफै नेपालकै चर्चित होमस्टे अमलटारी होमस्टेका अध्यक्ष समेत हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)