एक सातादेखि बेपत्ता पुरुषको शव फेला
ratopati.com · Wed Nov 18 09:50:40 UTC 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक नजिकैको पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला परेको छ ।
बुधबार पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)