विमानस्थलबाट एक किलो ६०५ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ
gorkhapatraonline.com · Wed Nov 18 10:01:43 UTC 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ६०५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९३५३ मार्फत बुधबार बिहान ११ः४१ बजे काठमाडौँ आएका चिनियाँ नागरिक बिनबिन लीलाई नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)