मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रतिजैविक औषधिको दुरुपयोग रोक्न ‘एक स्वास्थ्य’ अवधारणाअनुसार काम गर्नुपर्नेमा जोड

swasthyakhabar.com · Wed Nov 18 10:15:10 UTC 2026

काठमाडौं । प्रतिजैविक औषधिको अनावश्यक तथा जथाभावी प्रयोग नियन्त्रण गर्न मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रबीच सहकार्य आवश्यक रहेको औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बताएका छन्। प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौती बन्दै गएको भन्दै उनले भविष्यमा आवश्यक पर्ने आरक्षित प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन यसको विवेकपूर्ण प्रयोगमा जोड दिएका छन्।

प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगबाट निम्तिने प्रतिजैविक प्रतिरोध (एएमआर) को जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)