मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एआईमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आग्रह

himalpress.com · Wed Nov 18 11:06:48 UTC 2026

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। सीको यो आह्वान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा आएको हो।

उनले एसिया-प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्ने पनि बताए। चीनको सेन्जेनमा बुधबार एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे। उनले चीनले विदेशी लगानी तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)