म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट
ajakoartha.com · Wed Nov 18 11:28:00 UTC 2026

काठमाडौं- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने पदमार्ग, पर्यटनस्थल तथा धार्मिकस्थलको पूर्वाधार विकाससम्बन्धी योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो । कार्यालय प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक गन्तव्यमा पहुँच विस्तार, पदमार्ग निर्माण र आवश्यक भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)