मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियाका ग्रामीण क्षेत्रमा सडक तथा पुल निर्माणको तयारी

reportersnepal.com · Wed Nov 18 15:03:26 UTC 2026

बर्दिया । वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गर्ने गरी प्रस्ताव गरिएका सडक तथा पुल योजनाको पूर्वाधार विकास डिभिजन कार्यालय नेपालगञ्जले स्थलगत निरीक्षण गरेको छ ।

ठेक्का प्रक्रिया अघि बढाउने पूर्वतयारीस्वरूप कार्यालयको प्राविधिक टोलीले मङ्गलबार जिल्लाका विभिन्न स्थानमा प्रस्तावित योजनाको निरीक्षण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)