मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

khabarhub.com · Wed Nov 18 15:55:47 UTC 2026

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन् । साउनदेखि कात्तिकसम्म मुस्ताङ भित्रिने पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)