मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

barnanmedia.com · Wed Nov 18 23:32:28 UTC 2026

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)