इन्डोनेसियाको पूर्वी पपुवामा रहस्यमय विस्फोट, पाँचको मृत्यु
kendrabindu.com · Mon Jun 01 05:19:39 GMT 2026

काठमाडौं । इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।
स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)