मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

nepalviews.com · Thu Nov 19 00:29:35 UTC 2026

नारायणगढ । दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् ।

लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् । गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)