मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापा गएराति भएको दुर्घटनामा दुई युवाको मृत्यु

barnanmedia.com · Thu Nov 19 02:10:00 UTC 2026

गएराति भएको दुर्घटनामा झापामा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका -५ खटखटी भन्ने स्थानमा धान काट्ने मेसिन गाडी र मोटरसाइकल ठोक्किँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू दुवैजनाको नाम, थर, ठेगाना खुल्न सकेको छैन । मृतक दुवैजना ३० र ३५ वर्षका पुरुष भएको जनाइएको छ । राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प.४६३८ नम्बरको मोटरसाइकल र कटखटीबाट राजगढ जाँदै गरेको मधेश प्रदेश ०३–००२ त . १०४० नम्बरको धान काट्ने मेसिन एकआपसमा ठोक्किए झापा प्रहरीले जनाएको छ । दुर्घटनापछि धान काट्ने मेसिनका चालक गाडी छाडेर भागेका छन्। उनको खोजी भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)