दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
nepalviews.com · Thu Nov 19 02:50:50 UTC 2026

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भई दल त्याग गरेका देशभरका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ। आयोगले एक सार्वजनिक सूचना जारी गर्दै मिति २०८३ मङ्सिर २ गतेको निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी गराएको हो।
वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी पार्टीको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा जानकारी प्राप्त भएको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनीहरूको पद रिक्त भएको सूचना प्रकाशन गरिएको आयोगले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)