मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी स्वामित्वका कम्पनीसँग एक हजार मेगावाटको पीपीए प्रक्रिया अघि बढ्यो

hamrakura.com · Thu Nov 19 00:00:00 UTC 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वामित्वमा रहेका विभिन्न जलविद्युत् तथा सौर्य ऊर्जा कम्पनीहरूसँग विद्युत् खरिद सम्झौता (पीपीए) प्रक्रिया अगाडि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका सरकारी आयोजनाहरूसँग पीपीए गर्न लागेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्वका कम्पनीहरूसँग पीपीए गर्ने आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार यसै साताभित्र प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकबाट यससम्बन्धी औपचारिक निर्णय गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)