धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु
baahrakhari.com · Thu Nov 19 04:20:33 UTC 2026

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिका–५, चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
दुर्घटनामा बाह्रदशी–५, चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)