तनहुँ र नवलपरासी पूर्वको पूर्वाधार विकास कार्यालय दमौलीमा स्थापना
khabarhub.com · Thu Nov 19 04:45:43 UTC 2026

दमौली – तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। व्यास नगरपालिका–४ मा स्थापना गरिएको कार्यालयले बुधबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो।
गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन कार्यालय स्थापना गरिएको हो। कार्यालयको बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले उद्घाटन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)