सिक्लेस हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, हकप्रद पनि जारी गर्ने
aarthiknews.com

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । सभा मंसिर २७ गते, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजेबाट शुरु हुनेछ। सभामा कम्पनीले १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर ०.७७४५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)