सेन्जेनमा महाशक्तिहरूको जमघट : ट्रम्प, सी र पुटिन एउटै टेबलमा बस्दै, किम जोङ उनलाई पनि भेट्ने डोनाल्ड ट्रम्पको इच्छा
barnanmedia.com · Thu Nov 19 05:08:58 UTC 2026

सेन्जेन (चीन) । विश्व राजनीतिको केन्द्रबिन्दु यतिबेला चीनको दक्षिणी शहर सेन्जेन बनेको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको छेको पारेर बिहीबार विश्वका तीन शक्तिशाली राष्ट्र, अमेरिका, चीन र रुसका शीर्ष नेताहरू ऐतिहासिक त्रिपक्षीय शिखर वार्तामा बस्दैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको यो भेटवार्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा निकै चासो र अर्थपूर्ण रूपमा हेरिएको छ ।
शिखर वार्ताको पूर्वसन्ध्यामा बुधबार राति आयोजित एपेक सम्मेलनको स्वागत समारोहमा तीनै नेताहरू एउटै मञ्चमा देखिएका थिए । औपचारिक वार्ताअघि राष्ट्रपति ट्रम्पले यस भेटमा विशेषगरी आणविक हतियार नियन्त्रण, इरान संकट र लामो समयदेखि जारी युक्रेन युद्धका विषयमा गम्भीर छलफल हुने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)