संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको अनुगमनमा
hamrakura.com · Thu Nov 19 00:00:00 UTC 2026

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको टोली विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि गण्डकी प्रदेश पुगेको छ। टोलीले पर्वत, म्याग्दी र बागलुङलगायत कालीगण्डकी करिडोरअन्तर्गतका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गर्ने समितिका सभापति कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनसँगै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र प्रभावित नागरिकसँग छलफल गरी क्षतिको यथार्थ विवरण सङ्कलन गरिने सभापति पौडेलले बताए। “विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणको स्पष्ट मार्गचित्र तयार पारेर सरकारलाई सघाउने उद्देश्यले संसदीय विशेष समिति गठन गरिएको हो,” उनले भने, “गत मनसुनमा कालीगण्डकी र यसका सहायक नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरी पीडितका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)