मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्तीमा हात्ती पसेपछि रातभर जाग्राम

gorkhapatraonline.com · Thu Nov 19 05:46:33 UTC 2026

सप्तरीको सुरुङ्गा नगरपालिका र बलान–बिहुल गाउँपालिकाका विभिन्न बस्तीमा पछिल्लो दस दिनदेखि जङ्गली हात्तीको भयका कारण स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । दुई दर्जन भन्दा बढी हात्तीले स्थानीयबासीको बालीमा क्षति पुर्‍याएपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

हात्तीको समूहले बस्ती आसपासका खेतबारीमा लगाइएको आलु खेतीमा क्षति गरेको स्थानीय वीरेन्द्र चौधरीले बताउनुभयो । हात्तीको समूह दिनभर जङ्गल तथा खोला आसपास लुक्ने र रात परेपछि बस्ती तथा खेतबारीमा प्रवेश गर्ने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)