सुनचाँदीको मूल्य घट्यो
gorkhapatraonline.com · Thu Nov 19 05:58:47 UTC 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ३०० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपियाँ र चाँदीको मूल्य तीन हजार ३३५ रुपियाँ कायम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)