मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमका तराई क्षेत्रमै हटेन छाउगोठ, जोखिम मोलेर रात कटाउँछन् किशोरी

ratopati.com · Thu Nov 19 07:15:00 UTC 2026

धनगढी । छाउगोठ भन्नेबित्तिकै धेरैको दिमागमा सुदूरपश्चिमको पहाडी जिल्ला अछाम आउँछ । महिनावारी भएका महिलालाई घरबाहिरको सानो छाप्रोमा राख्ने कुप्रथा अछाममा मात्रै सीमित छैन, त्यहाँबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि कायमै राखेका छन् ।

कैलाली र कञ्चनपुरका कतिपय बस्तीमा अहिले पनि महिनावारी भएका महिला तथा किशोरी घरबाहिरका असुरक्षित गोठमा रात बिताउन बाध्य छन् । गोठमा बस्दा सर्प, बिच्छी, किराफट्याङ्ग्रा र अन्य जोखिमको डर त छँदैछ, किशोरीहरूको पढाइ र दैनिक जीवनसमेत प्रभावित भइरहेको छ । घरभित्र बस्न नपाउने सामाजिक मान्यताका कारण उनीहरू असुरक्षित ठाउँमा रात बिताउन बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)