मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटन कूटनीतिमा मन्त्री पौडेलको सक्रियता, भारतसँग हवाई सहकार्य विस्तारको पहल

ratopati.com · Thu Nov 19 07:27:51 UTC 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदान प्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबिच सहकार्य विस्तार आवश्यक रहेको बताएका हुन् ।

नेपाल पर्यटन बोर्ड र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ भारतको नयाँ दिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)