मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच भेटवार्ता, त्रिपक्षीय बैठकको तयारी

nepalviews.com · Thu Nov 19 07:12:14 UTC 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी भएका छन् । बिहीबार सम्मेलनस्थल पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए । त्यसपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरेका छन् ।

तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग सामूहिक तस्बिर खिचाएका थिए । उनीहरूको भेटसँगै अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच पहिलोपटक हुन लागेको त्रिपक्षीय बैठकप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)