एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच भेटवार्ता, त्रिपक्षीय बैठकको तयारी
kalakarmi.com · Thu Nov 19 07:31:02 UTC 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी भएका छन् । बिहीबार सम्मेलनस्थल पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले स्वागत गरेका थिए । त्यसपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गरेका छन् ।
तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग सामूहिक तस्बिर खिचाएका थिए । उनीहरूको भेटसँगै अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच पहिलोपटक हुन लागेको त्रिपक्षीय बैठकप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)