मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत आइएक्समा बिक्री गर्न अनुमति

nepalpress.com · Thu Nov 19 08:49:44 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो । उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ ९२ मङ्सिर २०८३– ३१ जेठ २०८४०सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)