ट्रम्प, सी र पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु
ratopati.com · Thu Nov 19 08:59:51 UTC 2026

शेन्जेन । चीनको शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।
आ-आफ्ना देशका राष्ट्रिय झन्डाअगाडि उभिएर परम्परागत सामूहिक तस्बिर खिचाउँदै तीनै नेताले बैठकको औपचारिक सुरुआत गरे। तस्बिर खिचाउने क्रममा सीको अनुहारमा सधैँझैँ मन्द मुस्कान देखिन्थ्यो भने पुटिन र ट्रम्प तुलनात्मक रूपमा गम्भीर मुद्रामा देखिएका थिए। वार्ता सुरु हुनुअघि नेताहरूबिच हात मिलाएको भने देखिएन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)