मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अमेरिकी प्रेट्जेल ब्रान्ड ‘आन्टी एन्स’ अब नेपालमा

baahrakhari.com · Thu Nov 19 09:02:00 UTC 2026

काठमाडौं । तातो, ताजा र हातैले मोडेर बनाएको गोल्डेन ब्राउन ‘सफ्ट प्रेट्जेल’को सुगन्ध अब काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोरको चौथो तलामा मगमगाउन थालेको छ । विश्वभर आफ्ना भिन्न र विशिष्ट स्वादका प्रेट्जेलसँगै ओरिजिनल लेमोनेडका निम्ति चिनिएको अमेरिकी प्रसिद्ध क्विक सर्भिस रेस्टुरेन्ट (क्यूएसआर) ब्रान्ड ‘आन्टी एन्स’ले औपचारिक रूपमा नेपाली बजारमा पाइला टेकेको हो ।

यसको पहिलो आउटलेट बौद्धस्थित भाटभटेनी सुपरस्टोरको चौथो तलामा रहेको ‘फुड पार्क’मा स्थापना गरिएको छ । हरेक दिन बिहान १० देखि राति ९ बजेसम्म त्यो सञ्चालन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)