मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१८ औँ युनाइटेड कप २०८३ को तयारी

gorkhapatraonline.com · Thu Nov 19 09:00:09 UTC 2026

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा १८ औंँयुनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं. २ घनपोखरामा रहेको युनाइटेडबिच युवा क्लबले मंसिर २३ गतेदेखि २७ गतेसम्म वडास्तरीय युनाइटेड कप २०८३ आयोजना गर्ने जनाएको छ ।

क्लवले सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको हो । कार्यक्रममा क्लबका अध्यक्ष भक्तबहार गुरुङले युनाइटेड कप सञ्चालन गर्नुको उद्देश्य, खेल सञ्चालनका लागि अनुमानित आम्दानी खर्च तथा क्लबले गर्दैआएको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)