मध्यकालीन सम्झौताका स्वीकृत आयोजनाको ५९४ मेगावाट विद्युत आइएक्समा बिक्री गर्न अनुमति
corporatenepal.com · Thu Nov 19 09:01:49 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय (इण्डियन) ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त भएको जनाएको छ ।
इण्डियाको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत आईएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो । उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ (२ मङ्सिर २०८३– ३१ जेठ २०८४)सम्म आईएक्समा बिक्री गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)