बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
gorkhapatraonline.com · Thu Nov 19 09:18:15 UTC 2026

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ । जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ३३७ मेट्रिकटन अर्थात् तीन हजार ३७० क्विन्टल स्याउ फलेको कार्यालयका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)