मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई बिक्री मंसिर २ देखि खुल्ने

ajakoartha.com · Thu Nov 19 09:05:00 UTC 2026

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री आगामी मंसिर २ गतेदेखि खुला गर्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट गत असोज ७ गते स्वीकृति पाएको यस योजनाको अवधि १० वर्ष रहेको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ । योजनाको इकाई खरिदका लागि मंसिर २ गतेदेखि आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गते बन्द हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)